• १९ असोज २०८३, सोमबार
  • १०ः०१ राती

बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०५:२४

२९ मंसिर ,काठमाडौं : आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

National Life

उक्त सभाले श्री नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।


बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया