• १९ असोज २०८३, सोमबार
  • ६ः०१ बेलुका

सुनको भाउ एकै दिन ५०० रुपैयाँले ओरालो लाग्यो

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ११:३३

२९ मंसिर ,काठमाडौं :  नेपाली बजारमा आज बुधबार एकै दिन सुनको मूल्य ५०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।

National Life

गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


तर,चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया