• 3:49 pm

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार १२:०८

२९ मंसिर , काठमाडौं : नेपाली काँग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई र शुभकामना दिँदै देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको स्मरण गराएका छन् । नेता पौडेलले सर्वोच्चको फैसलाले संविधानको रक्षा गर्ने आफ्नो अभियान सफल भएको बताउँदै पार्टी सभापति देउवालाई बधाई दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेता पौडेलले सर्वोच्चको फैसलाले संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयासलाई असफल बनाएको भन्दै सर्वोच्चका न्यायमूर्तिलाई धन्यवाद र पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

प्रतिकृया