• २० असोज २०८३, मंगलबार
  • ७ः३६ बिहान

आज दिउँसोबाट सुरू हुँदै कांग्रेस पदाधिकारीको मतगणना

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०६:५२

२९ मंसिर ,काठमाडौं : नेपाली कांग्रेसमा सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको छ। आजै १ तहको मतगणना हुने भन्दै निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदाधिकारीको मतगणना दिउँसोबाट सुरू जानकारी दिए।

National Life

अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। यसको मतपेटिका चुनावकै दिन सोमबार राति पार्टी कार्यालयमा लगेर राखिएका छन्। आज मत गन्न थालेर आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।


घिमिरेका अनुसार सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया