आज दिउँसोबाट सुरू हुँदै कांग्रेस पदाधिकारीको मतगणना
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०६:५२

२९ मंसिर ,काठमाडौं : नेपाली कांग्रेसमा सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको छ। आजै १ तहको मतगणना हुने भन्दै निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदाधिकारीको मतगणना दिउँसोबाट सुरू जानकारी दिए।
अन्य पदाधिकारीको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। यसको मतपेटिका चुनावकै दिन सोमबार राति पार्टी कार्यालयमा लगेर राखिएका छन्। आज मत गन्न थालेर आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार सबैको मत परिणाम आएपछि मात्र विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने र सपथ खुवाउने कार्यक्रम रहेको छ।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया