क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त, ५ सय एमबिपिएस को इन्टरनेट सेवा गाँउमा पुर्याउने तयारी
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०४:१८
२८ म्ंसिर २०७८, काठमाडौं : नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ । ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गरेका छन् ।
क्लासिक टेकल कार्कीलाई सोमवार उक्त पदमा नियुक्त गरेको हो । लोकप्रिय अभिनेता बिपिन कार्कीका छाड्के, पशुपति प्रसाद, जात्रौ जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त थियो । बहुमुखी प्रतिभाका धनी उनको फिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो । निजको यहि सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायिल अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको क्लासिक टेकले जनाएको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता कार्कीसँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने र बजारमा सही जानकारीहरु प्रचार हुने विश्वास क्लासिक टेकले राखेको छ ।
सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ बर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा यगतभित सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको क्लासिक टेक दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको महत्व बढे सँगै धमाधम आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइरहेको छ ।
कम्पनीले निकट भविष्यमा नै ५०० एमबिपिएस सम्मको हाइ स्पिड इन्टरनेट सेवा रहेका गाँउघरमा पुर्याउने हिसाबले सुलभ मुल्यमा नेपालीको पहुँच पुग्नेगरि छिट्टै नै नयाँ सेवा ल्याउने तयारी गरीरहेको छ ।
क्लासिक टेकले सधैं ग्राहकलाई अझ सस्तो मूल्यमा स्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको छ र यस सहकार्य ग्राहकहरूसम्म पुग्न तत्पर रहेको छ, यस सहकार्यमा क्लासिक टेकले ग्राहकबाट राम्रो प्रतिक्रियाको आशा राखेको छ र थप मानिसहरूसँग जोडिने आशा पनि गरिरहेको छ । यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनी र कलकारीता क्षेत्रबिचको सम्बन्ध थप मजबुद हुदै जाने कम्पनीले बिश्वास व्यक्त गरेको छ ।
क्लासिकटेक को फेसबुक पेज लाइक गरी अन्य नयाँ अफर को जानकारी लिन सकिन्छ ।








प्रतिकृया