• ३१ भदौ २०८३, बुधबार
  • ७ः५१ बेलुका

जहाँ विकास, त्यहाँ सांसद बस्नेत : एकै दिनमा ९ वटा आयोजनाको छड्को निरिक्षण

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०५:०९

विकास र समृद्धिको ढोकालाई प्रभावकारी र व्यवस्थित ढंगले तिव्र गतिका साथ अघि बढाउन एक सफल युवा नेताको रुपमा जनतामाझ परिचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत पछिल्लो समय जहाँ विकास, त्यहाँ आफै आयोजनाको निरिक्षणमा पुग्ने गर्नुभएको छ ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले काम भइरहेका आयोजनाहरुमा भएका गल्ती र कमजोरीलाई सुधार गर्न निर्देशन दिँदै आगामी दिनमा कमजारी नगर्न समेत सचेत गराउनुभयो ।निरिक्षणका क्रममा सांसद बस्नेतले कुनै पनि आयोजनालाई प्रभावकारी ढंगले सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

यसै क्रममा बुधवार सांसद बस्नेतको नेतृत्वमा भक्तपुरका ९ वटा आयोजनामा छड्के स्थलगत निरिक्षण भएको छ । उहाँलेको नेतृत्वमा रहेको टोलीले सूर्यविनायक नगरपालिका वडा नं. ५ र ६ कटुञ्जेमा काम भइरहेको आयोजनाहरुको निरिक्षण गरेको हो ।

उहाँले काममा कुनै कमि कमजोरी गर्नु नहुने बताउँदै विकासको काम दिगो र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभयो ।

उहाँको नेतृत्वले गरेको छड्के अनुगमनका आयोजनाहरु निम्नानुसार रहेका छन्,

१. सूर्यविनायक नगरपालिका भन्दा मुनि बाईजुटोलमा भएको ढलान,
२. सूर्यनगर तजटोलमा क्षेत्र विकास कोषबाट भएको कालोपत्रे,
३. प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भैरहेको सुवर्ण चोकबाट तिनधारा जाने सडक,
४. चुनदेवी गणेश हिल टोलमा भएको कालोपत्र र ढलान,
५. कटुञ्जे – ६ चुनदेवी बाट सुवर्णेश्वर स्कुल जाने सडक विस्तार,
६. कटुञ्जे – ५ वडा कार्यालय बाट कोलडाँडा जाने सडक विस्तार,
७. कटुञ्जे – ५ एकता मार्गको बाटो मा भएको कालोपत्र,
८. कटुञ्जे – ५ श्रृजना नगरबाट नगरपालिका जाने सडक विस्तार र स्तरोन्नतिको काम,
९. कटुञ्जे – ५ सल्लाघारिबाट नगरपालिका जाने सडक विस्तार र स्तरोन्नतिको काम ।

प्रतिकृया