चाँगुनारायणमा सडक पूर्वाधारमा जोड
प्रकाशित मिति
२०७६ असार १२ गते, बिहीबार ११:००
भक्तपुर — चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा सडक पूर्वाधारमा जोड दिएको छ । नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख बिना बाँस्तोलाले बुधबार हिजो प्रस्तुत गर्नू भएको आगामी आर्थिक वर्षको बजेट विनियोजनमा सडक विस्तारलाई मुख्य प्राथमिकतामा राखीएको हो ।
पर्यटन पूर्वाधार तथा प्रवर्द्धनका लागि नगरपालिकाले २ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, दलित, अपांगता, आदिवासी, जनजाति, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, मठमन्दिर तथा सांस्कृतिक संरक्षणजस्ता सामाजिक क्षेत्रको विकासमा आवश्यक रकमको व्यवस्था गरेको उहाले बताउनु भयो । हरेक वडालाई ३र३ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा विनियोजित रकममध्येबाट प्रत्येक वडामा दुईवटा ठूला आयोजना कार्यान्वयनमा ल्याउने गरी बजेटमा व्यवस्था गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनु भयो ।
चाँगुनारायणले आगामी आर्थिक वर्ष ०७६र७७ का लागि १ अर्ब ४१ करोड ८० लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये आयतर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट १० करोड २७ लाख रुपैयाँ, ससर्त अनुदानतर्फ २६ करोड ८३ लाख रुपैयाँ छ ।
प्रदेश सरकारबाट २२ करोड ९४ लाख ५७ हजार रुपैयाँ, अनुदानमार्फत ६१ करोड ९२ लाख १७ हजार रुपैयाँ बजेट अनुमान गरेको छ । नगरपालिकाले जनसहभागितामार्फत ११ करोड ५० लाख रुपैयाँ तथा चालू आर्थिक वर्षको बैंक मौजाद १८ करोड ११ लाख ४५ हजार, आन्तरिक आय २४ करोड ५ लाख २१ हजार अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख रहेको छ ।
…….
सडक विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख बिना बाँस्तोलाले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट विनियोजनमा ९ वटै वडामा सडक पूर्वाधारमा जोड दिइएको छ ।
हरेक वडालाई ३र३ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा विनियोजित रकममध्येबाट प्रत्येक वडामा दुईवटा ठूला आयोजना कार्यान्वयनमा ल्याउने गरी बजेटमा व्यवस्था गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।
नगरपालिकाले नगरक्षेत्रभित्रको खानेपानी समस्या समाधान तथा व्यवस्थापनका लागि आवश्यक बजेट सार्वजनिक गरेको छ । नगरवासी वा संघसंथारनिकायको सहभागिता काम गर्ने गरी ११ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।
चाँगुनारायणले आगामी आर्थिक वर्ष ०७६र७७ का लागि १ अर्ब ४१ करोड ८० लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये आयतर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट १० करोड २७ लाख रुपैयाँ, ससर्त अनुदानतर्फ २६ करोड ८३ लाख रुपैयाँ छ ।
प्रदेश सरकारबाट २२ करोड ९४ लाख ५७ हजार रुपैयाँ, अनुदानमार्फत ६१ करोड ९२ लाख १७ हजार रुपैयाँ बजेट अनुमान गरेको छ । नगरपालिकाले जनसहभागितामार्फत ११ करोड ५० लाख रुपैयाँ तथा चालू आर्थिक वर्षको बैंक मौजाद १८ करोड ११ लाख ४५ हजार, आन्तरिक आय २४ करोड ५ लाख २१ हजार अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख छ ।






प्रतिकृया