• २० असोज २०८३, मंगलबार
  • १२ः२९ राती

युएईमा तीन दिन साप्ताहिक विदा

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार १०:२३

मंसिर २२,२०७८ दुवईः युनाइटेड अरब इमिरेट्स युएईले साप्ताहिक विदा परिमार्जन गरेको छ। शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो।

National Life

त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो। परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ।


युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७:३० देखि ३:३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया