• १९ असोज २०८३, सोमबार
  • ११ः५३ राती

इन्डोनसिया ज्वालामुखी : मृत्यु हुनेको संख्या ३४ पुग्यो

प्रकाशित मिति

२०७८ मंसिर २२ गते, बुधबार १०:१४

२२ मंसिर २०७८ , जर्काताः इन्डोनेसियाको ज्वालामुखीमा परी मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ। शनिबार विस्फोट भएको ज्वालामुखीमा परी मंगलबारसम्म मृत्यु हुनेहरुको संख्या ३४ पुगेको हो।

National Life

ज्वामुखीको लागि जोखिमपूर्ण मानिने इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएको थियो। विस्फोटमा परी पहिलो दिन १३ जनाको मृत्यु भएको थियो भने १६९ अन्य गम्भीर घाइते भएका थिए। विस्फोटसँगै निस्केको खरानी र लेदोसहितको लाभामा परी २७ भन्दा बढी हराइरहेका थिए। हराएकामध्ये १७ जनाको खोजी जारी रहेको र अन्यको शव भेटिएको त्यहाँको विपद् विभागले जनाएको छ।


ज्वालामुखीका कारण ३ हजारभन्दा बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ३ हजार ७ सय मानिस विस्थापित भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया