एक पटक फेरि पार्टी सभापति उठ्छु: देउवा
प्रकाशित मिति
२०७८ मंसिर २० गते, सोमबार ०१:२२
२० मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटक फेरि आफू पार्टी सभापति पदमा उठ्ने बताएका छन्। आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने तर्क प्रस्तुत गर्दै उनले फेरि एकपटक सभापतिमा उढ्ने राय ब्यक्त गरेका हुन् ।
आज बिहान बालुवाटारमा आफूनिकट पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।
‘एक पटक फेरि सभापतिका लागि उम्मेदवारी दिन्छु, त्यसपछि त विधानले पनि रोक्छ,’ बैठकमा सहभागी एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनबाट म नै अहिले प्रधानमन्त्री छु, म नै सभापति हुँदा पार्टी र सरकारले पनि राम्रो काम गर्न सक्छ।’
कोरोना महामारी कायमै रहेकोले जनतालाई दुस्ख दिने गरी कांग्रेसले भिडभाड नगर्ने उनको भनाइ थियो।पनि उनले बताएका हुन् ।








प्रतिकृया