• १७ असोज २०८३, शनिबार
  • ८ः३८ बिहान

भक्तपुरका सडक अनुगमन गर्न कार्यस्थलमै पुगे मेयर

प्रकाशित मिति

२०७८ मंसिर २० गते, सोमबार ०९:१०

मंसिर २० , २०७८ , भक्तपुर : बिकास निर्माणका कार्यस्थलमा उच्च स्तरका ब्यक्ति प्राय कम नै पुगेको तथा अनुगमन गरेको पाइन्छ तर केहिदिन अघि चागुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र र प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी प्राबिधिक टोलि सहित सडक कालोपत्रे अनुगमनका लागि पुगेका छन ।

National Life

चागुनारायण नगरपालिका २ स्थित बारुदखाना फसिन्टार सडकको केहि खण्ड नगरपालिकाको नगर स्तरिय बजेटमा समाबेश गरिएको थियो । बिकास निर्माणका कार्यक्रममा ठेकेदारको लापरबाही हुने गुनासो नगरपालिका भित्र बाट आउन थालेपछी आफू स्थलगत अनुगमनमा आएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । यस्तै नगरपालिकाका प्राबिधिक, जनप्रतिनिधि लगायतका स्थानीय सरोकारवालाहरु बिकास निर्माणका सवालमा कुनै किसिमको सम्झौता नगर्ने रहेको पनि प्रष्ट पारेका छन ।


त्यस्तै आफू निर्वाचित नगरप्रमुख भए पस्च्यात चागुनारायण नगरपालिकाका अधिकांश सना ठुला सडकहरु कालोपत्रे युगमा प्रबेश गरेको जानकारी गराउदै मेयर मिश्रले आफ्नो कार्यकाल नसकिदै आफ्नो कार्यकाल रहदा लागेका निर्माणका ठेक्काहरुले पुर्णता पाउने र ९० प्रतिसत सडकहरु स्तरोन्नति सहित कालोपत्रे हुनेमा आफू बिस्वस्त रहेको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरप्रमुख मिश्र , प्रशासकीय प्रमुख अधिकारी सहित वडा अध्यक्ष शिबहरी केसी नेकपा एमालेका युवा नेता एबं सडक स्तरोन्नति पहलकर्ता मनोज केसी , प्राबिधिक द्वय रुपेश गेलाल र पुरुशोत्तम शर्मा लगायतको पनि उक्त अनुगमन कार्यमा उपस्तिथि रहेको थियो ।

प्रतिकृया