• २० असोज २०८३, मंगलबार
  • ३ः५५ दिउँसो

स्वास्थ्यका कर्मचारी सरुवाको फाइल तयार, कसको सरुवा कहाँ हुँदै ?

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार ०९:००

१७ मंसिर, २०७८ ,काठमाडौं : काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका केही कर्मचारीको सरुवाको फाइल तयार गरेको छ। मन्त्रालयले महत्वपूर्ण महाशाखा र अस्पताल निर्देशक सरुवा गर्ने निर्णय गरेको हो।

National Life

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सचिव डा. रोशन पोखरेल विश्व स्वास्थ्य संगठनको कार्यक्रमका लागि शनिबार नै स्वीजरल्यान्डको जेनेभा जाने भएकाले केही कर्मचारीको सरुवाको फाइलमा हस्ताक्षर गरेर मन्त्री विरोध खतिवडा कहाँ पठाइसकेका छन्।


सचिवज्यूबाट मन्त्रीकहाँ फाइल गइसकेको छ, स्रोतले भन्यो, सम्भवत भोलि आइतबार सरुवा भएका कर्मचारीले पत्र पाउनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

स्रोतका अनुसार सरुवा हुनेहरुमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रले मन्त्रालयको महत्वपूर्ण महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाउने भएकी छिन्। उक्त महाशाखामा रहेकी रीता भण्डारी जोशीलाई मन्त्रालयमा नै महाशाखाविहिन बनाइन लागिएको छ।


यस्तै, प्रसूतिगृहबाट संगीता मन्त्रालयमा आउने भएपछि अस्पतालका डा. अमिरबाबु श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिन लागिएको छ।


यसैगरी, मन्त्रालयकै अर्को महत्वपूर्ण महाशाखा नीति, योजना तथा अनुगमन महाशाखामा डा. तारा पोखरेललाई दिन लागिएको छ। डा. पोखरेल हाल सार्क क्षयरोग केन्द्रमा छन्।


मन्त्रालयले डा.अनुज भट्टचनलाई गण्डकी प्रदेशमा सरुवा गर्न सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ।

प्रतिकृया