नेप्से सामान्य अंकले बढ्यो, कारोबार भने खुम्चियो
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०५:१६
१५ मंसिर २०७८, काठमाडौं : मौद्रिक नीतिको समीक्षासँगै निरन्तर ओरालो लागेको शेयर बजार बुधबार चौथो दिनमा सामान्य अंकले बढेको छ । मंगलबार ठूलो अंकले ऋणात्मक रहेको नेप्से आज उतार चढावबीच ५ अंकले सकारात्मक रहेर २६ सय ३३ कायम भएर थामिएको हो ।
नेप्से सामान्य उकालो लागेको भएपनि कारोबार थप खुम्चिएको छ । आज कारोबार ३ अर्ब तलै सीमित रहेको छ ।
होटल तथा पर्यटन, बीमा र लघुवित्त समूह बाहेक अरु समूह सकारात्मक रहेका छन् । उत्पादनमूलक, अन्य र व्यापार समूह दोहोरो अंकले बढेका छन् ।
साताको कारोबारको चौथो दिन आज २ सय २३ कम्पनीको ३७ हजार ५ सय ८५ पटक कारोबार भएर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको ५३ लाख १० हजार २ सय १५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
बुधबार ९१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ को घट्यो भने १० को स्थीर रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशलमव ८९ अंकले बढेर ४९६ दशमलव ७४ विन्दुमा पुगेको छ।








प्रतिकृया