दुई दिन मोबाईल बन्द हुने हो भने धेरै डिप्रेसनमा जान्छन्ः अर्थमन्त्री शर्मा
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार ०४:४८
१५ मंसिर २०७८, काठमाडौं : अर्थमन्त्री जर्नादन शर्माले दुई दिन मोबाईल बन्द भइदियो भने धेरै व्यक्ति डिप्रेसनमा जाने अवस्था आउन सक्ने बताएका छन् । अर्थमन्त्री शर्माले नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो भनाइ ब्यक्त गरेका हुन् ।
शर्मालेले अहिलेको परिपेक्षमा गास, बास, कपासपछि मोबाईल अत्यावस्यक वस्तु भएको धारणा व्यक्त गरेका छन् । उनले व्यक्ति, संस्था, व्यवसायमात्र नभर राज्य पनि मोबाइलबाटै सञ्चालित भएको तर्क राखे । उनले लकडाउनमा मोबाइलले गर्दा मात्रै पठनपाठनलाई निरन्तरता दिन सकेको कुरा समेत परु्रश्ट पारे ।
साथै अर्थमन्त्री शर्माले अझै पनि मोबाइलमा रहेका आवश्यक फिचर्सहरु सम्बन्धमा धेरै उपभोक्ताको ज्ञान नभएके भन्दै मोबाईल वितरक संघलाई व्यावसायलाई नाफा मुलक मात्रै नभएर सेवामुलक बन्न पनि आग्रह गरेका छन् ।
मोबाईलको व्यापार बढ्नु तर त्यहाँ भएको सेवा पूर्णरुपमा लिन नसक्नु दुखद रहेको उनले बताए । उनले भने ‘आजको विकसित प्रबिधिललाई सञ्चालन गर्ने चुनौति बढ्दो छ, प्रविधि सञ्चालन गर्न मान्छे चाहिन्छ ।’
उनले थपे ‘मैले पनि फोन उठाउने र बेला बेला समाचार हेर्ने मात्रै गर्छु अरु खासै केही गर्दिन, तर मोबाईल हातमा भएपछि मोबाईलमा भएका सबै प्रकारका एप्स तथा सफ्टवयेरहरु चलाउन जान्ने हुनु पर्छ ’ उनले भने ।
उनले भने ‘अहिले भर्खरै पार्टीको महाधिवेशन चलिरहेको छ। मोबाइलमा फोन गर्दै भोट हाल्नु है भन्दै अधिवेशन फोनबाट नै चलेको छ, अहिले राजनीति नै मोबाइलमा आत्मनिर्भर भएकाले भोलिका दिनमा सरकारले मोबाइल व्यवसायलाई केही समस्या होला कि भनेर व्यवसायीहरु त्रसित हुनुपर्दैन।’
शर्माले थपे, ‘हामी तपाईहरुको व्यावसायलाई निरुत्साहीत पार्ने कुनै काम गर्दैनौँ बरु समस्या बताउनुस सरकार सहयोग र सहजिकरण गर्न सधै तत्पर छ ।’ उनले राष्ट्र र राष्ट्रको हित विपरित रहेर अवैध रुपमा रूपमा मोबाइल आइरहेको जिकिर गर्दै यसको अन्त्य गर्ने बताए । उनले भने ‘अवैध कारोबारले गर्दा राजस्वमा क्षति भइरहेको छ, त्यो रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० तत्काल लागू गर्न निर्देशन दिएको छु।’








प्रतिकृया