• २१ असोज २०८३, बुधबार
  • ५ः२८ बिहान

बैंक तथा वित्तीय संस्थाबाट पैसा लिएर नतिर्ने ऋणी कालोसूचीमा

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ०१:२६

१४ मंसिर २०७८, काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर नतिर्ने खराब ऋणीहरूको सङ्ख्या झण्डै १७ हजार पुगेको छ । नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म यस्तो ऋणीहरूको सङ्ख्या १६ हजार ९८७ पुगेको हो।

National Life

तथ्याङ्क बढेपछि बैंकले यस्ता ऋणीहरूलाई कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रले आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी र ७० लघुवित्त वित्तीय संस्थाबाट कुल ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेको थियो । जसमध्येबाट अधिकतम १६ हजार ९८७ ऋणी कालोसूचीमा परेको भेटिएको केन्द्रले बताएको छ ।


२०७७ असार मसान्तसम्ममा यस्तो कालोसूचीमा सूचीकृत ऋणीहरूको सङ्ख्या १२ हजार २९१ मात्र रहेको थियो । तर, प्राप्त तथ्याङ्क अनुसार एक वर्षमा नै यसको तथ्याङ्क बढेर कालोसूचीमा पर्ने खराब ऋणीहरूको सङ्ख्या ३८/२१ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया