• २१ असोज २०८३, बुधबार
  • ४ः४१ बिहान

‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा एसबिआई बैंकका कर्मचारीले गरे प्रतिज्ञा

प्रकाशित मिति

२०७८ मंसिर १५ गते, बुधबार ११:५७

१५ मंसिर २०७८, काठमाडौं :  “कम्प्युटर सुरक्षा दिवस ” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले विशेष कार्यक्रम गरेको छ ।
बैंकका उक्त अवसरमा कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका हुन् ।

National Life

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख प्राविधिक अधिकृत धवल भरत दवे, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, विनोद कुमार ढुङ्गेल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई भर्चुअल कार्यक्रम मार्फत उक्त प्रतिज्ञा गराएका हुन् ।


सन् १९८८ देखि विश्वभर कम्प्युटर सम्बन्धी सुरक्षा चासो जगाउने उद्देश्यले नोभेम्बर ३० तारिखका दिन “कम्प्युटर सुरक्षा दिवस” मनाइँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया