६२ जिल्लामा काँग्रेसको नयाँ नेतृत्व : ५ प्रदेशमा देउवा र १ प्रदेशमा पौडेल पक्षको वर्चश्व
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार १२:२४
१५ मंसिर २०७८, काठमाडौ : नेपाली काँग्रेसले ६२ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । ६ वटा प्रदेशलाई हेर्दा ५ वटा प्रदेशमा देउवा पक्षको बर्चश्व देखिएको छ भने पौडेल पक्षले एक मात्र प्रदेशमा अग्रता लिएको छ ।
प्रदेश २मा भने नेतृत्व चयन गर्न ८ जिल्लामा नै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । प्रदेश २ मा आज पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ । भोलिबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले १५ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
यता ६२ जिल्ला सभापति चयन हुँदा प्रदेश एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व देखिएको छ । लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो छ ।
पौडेल पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिमा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।
कोइराला परिवारको गण मानिएको प्रदेश एक र पौडेलको गृह प्रदेश गण्डकीमा देउवा पक्ष हाबी भएको छ । प्रदेश एक र गण्डकीमा नेता कृष्णप्रसाद सिटौला पक्षले पनि जिल्ला नेतृत्व हात पारेको छ । समग्रमा देउवा पक्षले ३३, पौडेल पक्षले २६ र सिटौला पक्षले २ जिल्ला सभापति जितेको छ ।
देउवा पक्ष – प्रदेश एक
१.गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
२. रूपनारायण जबेगु – पाँचथर
३. तेजेन्द्र खनाल– ओखलढुङ्गा
४. डम्बर खड्का – इलाम
५. हिमाल कार्की – उदयपुर
६. दिनेश राई – धनकुटा
७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु
पौडेल पक्ष – प्रदेश एक
१. दीपक खड्का– सङ्खुवासभा
२ . अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
३. विष्णु राई – खोटाङ
४. विनोद बान्तवा – भोजपुर
५. डिगबहादुर लिम्बू – मोरङ
६. केदार भण्डारी – सुनसरी
सिटौला पक्ष – प्रदेश एक
१ देउकुमार थेबे – झापा
देउवा पक्ष– बागमती प्रदेश
१. कान्छाराम तामाङ – रामेछाप
२. तीर्थ लामा – काभ्रेपलान्चोक
३. दुर्लभ थापा – भक्तपुर
४. जितेन्द्र श्रेष्ठ – ललितपुर
५. पेम्बाछिरिङ तामाङ – रसुवा
पौडेल पक्ष – बागमती प्रदेश
१. रमेश महत – नुवाकोट
२. बर्मा लामा – दोलखा
३. कृष्ण बानियाँ ९सबुज० – काठमाडौं
४. रामनाथ अधिकारी – धादिङ
देउवा पक्ष – गण्डकी प्रदेश
१. किशोरदत्त बराल – कास्की
२. शङ्कर गुरुङ – मनाङ
३. खमवी गर्बुजा – म्याग्दी
४. डा. टकराज गुरुङ – लमजुङ
५. युवराज जोशी – पर्वत
६. जीतप्रकाश आले – तनहुँ
पौडेल – गण्डकी प्रदेश
१. नन्दप्रसाद न्यौपाने – गोरखा
२. राजु थापा – स्याङ्जा
३. रोमी गौचन थकाली – मुस्ताङ
सिटौला – गण्डकी प्रदेश
१. जित शेरचन – बाग्लुङ
देउवा पक्ष – लुम्बिनी प्रदेश
१. रामकृष्ण खाँण – रुपन्देही
२. केशरमान रोका – रुकुमपूर्व
३. रुण प्रकाश सिंह राठौर – बर्दिया
पौडेल पक्ष – लुम्बिनी प्रदेश
१. हिमालदत्त श्रेष्ठ –पाल्पा
२. किशोर आचार्य – रोल्पा
३. विष्णुकुमार गिरी – प्यूठान
४. केशव श्रेष्ठ – अर्घाखाँची
५. शङ्कर डाँगी – दाङ
६. अब्दुलकलाम – कपिलबस्तु
७. खिलध्वजपन्थी – गुल्मी
८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम
देउवा पक्ष – कर्णाली प्रदेश
१. मोहनविक्रम सिंह – हुम्ला
२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
३. वेदराज सिंह – जाजरकोट
४. ऐनबहादुर शाही – मुगु
४. केशबहादुर विष्ट – सल्यान
६. खड्क पोखरेल – सुर्खेत
७. दीपेन्द्रबहादुर शाही – डोल्पा
८. कर्णबहादुर शाही – जुम्ला
पौडेल पक्ष – कर्णाली प्रदेश
१.अम्मबहादुर शाही – कालिकोट
२. मणिराम रेग्मी – दैलेख
देउवा पक्ष – सुदूरपश्चिम प्रदेश
१. भीमबहादुर साउद – डडेलधुरा
२. खड्क बोहरा – बझाङ
३. नरेन्द्रबहादुर सिंह – डोटी
४. पदम बोगटी, कञ्चनपुर
पौडेल पक्ष– सुदूरपश्चिम प्रदेश
१. रामसिंह रावल – बाजुरा
२. चतुरबहादुर चन्द – बैतडी
३. ललितसिंह बोहरा – दार्चुला सभापति








प्रतिकृया