• १९ असोज २०८३, सोमबार
  • ४ः३५ बेलुका

कामना सेवा विकास बैंकले गर्यो फोर्स मोटर्ससँग सम्झौता

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०४:५५

१२ मंसिर २०७८, काठमाडौं:  हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा।लि। र कामना सेवा बैंकबीच फाइनान्स सुविधा उपलब्ध गराइने सम्बन्धी सम्झौता भएको छ ।

National Life

अब सम्झौतापछि फोर्स मोटर्सका गाडी खरिद गर्दा ग्राहकलाई बैकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने भएको हो । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने जनाइएको छ ।


सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

फोर्स मोटर्ससंग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने प्रबन्धक ढुंङ्गेलले बताए ।


यस सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टल प्रा।लि।का प्रबन्धक निर्देशक निरन केसीले बताए ।

प्रतिकृया