• ३ असोज २०८३, शनिबार
  • १ः०७ दिउँसो

नेइमारको ५ बर्षका लागि बार्सिलोनासँग सम्झौता

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार १०:२७

ब्राजिलका स्ट्राइकर तथा स्टार खेलाडी नेइमारले आफ्नो पूर्व क्लव बार्सिलोनासँग ५ बर्षको संम्झौता गरेको स्पेनीस मिडियोले दावी गरेका छन । स्पेनबाट प्रकाशित हुने पत्रिका मेट्रोले जनाए अनुसार पेरीस सेन्ट जर्मेनका खेलाडी नेइमारले आफ्नो पूर्व क्लव बार्सिलोनासँग मौखीक रुपमा सो सम्झौता गरेको बताएको छ ।

National Life

२७ बर्षे नेइमारले आफुलाई अनुबन्धका लागि बार्सिलोनाले मोटो रकम तिर्न कन्चुस्याई गर्न सक्ने थाहा पाएपछि बार्सिलोनाको अफरलाई उनले साझै स्विकार गरेको सो पत्रिकाले जनाएको छ ।

तर बार्सिलोनामा अनुबन्ध भएपछि नेइमारले पीएसजीमा पाउदै आएको तलव भन्दा कम पाउनेछन । नेइमारले हाल एक सिजनमा ३६ दशमलव आठ मिलियन युरो पाउदै आएका छन । जुन रकम बार्सिलोनामा गएपछि २४ मिलियन युरोमा झर्नेछ । नेइमार २०१७ मा विश्वकीर्तिमानी रकम १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजीमा अनुबन्ध भएका थिए । तर पीएसजीमा जाँदा उनले टिमलाइ च्याम्पियन्स लिगमा कुनै सकारात्मक नतिजा दिन नसक्दा नेइमार आफैले क्लव छोड्ने बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो पटक उनी खुट्टाको चोटका कारण मैदान बाहिर रहँदा पीएसजीमा केलियन एम्बाप्पे र काभानीले बढी चर्चा पाएका छन ।

प्रतिकृया