• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

मोटरसाइकल पानीपुरीको गाडामा ठोक्किँदा एक महिला गम्भीर घाइते

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार १०:२७

भक्तपुरको कमलविनायकमा मंगलबार राति मोटरसाइकल अनियन्त्रति भएर सडक छेउमा रहेको पानीपुरीको गाडामा ठोक्किँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

National Life

गम्भीर घाइते हुनेमा पानी पुरी व्यवसायी सर्लाहीको बरहथवा घर भई हाल भक्तपुरकै कमलविनायक बस्दै आएकी ३५ वर्षीया मन्चोरदेवी दास बाँनिया रहेको प्रहरीले जनाएको छ ।

भत्केको पाटीबाट कमलविनायकतर्फ जाँदै गरेको प्रदेश ३, ०२–००३ प १८१५ नम्बरको मोटरसाइकल पानीपुरीको गाडामा ठोक्किँदा बाँनिया घाइते भएकी हुन् ।
प्रहरीका अनुसार उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भैरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया