• २१ असोज २०८३, बुधबार
  • ६ः०० बिहान

चौधरीको नेतृत्वमा पातन्जल नवलपरासी गठन

प्रकाशित मिति

२०७८ मंसिर ११ गते, शनिबार ०३:००

११ मंसिर २०७८, नवलपरासी :पातन्जल योग समिति नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) महिला मानव अधिकार रक्षकहरुको जिल्ला सन्जाल संयोजक एवम योग साधक सम्झना चौधरीको अध्यक्षतामा गठन गरिएको छ ।

National Life

रामग्राम नगरपालिकामा सम्पन्न भएको भेलाबाट उपाध्यक्ष विष्णु थापा,सचिव नानु खड्का,सहसचिव लक्ष्मी पौडेल,कोषाध्यक्ष चित्रकला चौधरी,कोषाध्यक्षमा शमा बस्याल,सदस्यहरुमा सुमिना लामिछाने चौधरी,आशा खनाल,नेहा चौधरी,सिद्धान्त चौधरी र अफताब आलाम सर्वसम्मत चयन भएका छन ।


पातन्जल योग समिति नेपालका केन्द्रीय सदस्य दिपक भण्डारीको विशेष समन्वयमा जिल्ला भित्रको विभिन्न भूगोल बाट उपस्थित विशिष्ट सामाजिक व्यक्तित्व लगायत योग साधकहरुको बाक्लो उपस्थितिमा जिल्ला समिति चयन भैरहदा पातन्जल पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवाल,राष्ट्रिय महासचिव नबराज काफ्लेले पातन्जल योग समिति नेपाल स्थापना गर्नुको औचित्य माथि प्रकाश गर्दै नेतृत्वलाई बधाई एवम शुभकामना व्यक्त गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसै गरि जिल्ला अध्यक्ष सम्झना चौधरीले आगामी ०७८ पौष २ गतेदेखि ८ गतेसम्म पातन्जल योग समिति नेपाल लुम्बिनी प्रदेश सँगको सहकार्यमा ७ दिने जिल्ला स्तरीय वृहत योग शिविर कार्यक्रम सन्चालन गरिने उदघोष गर्दै सो शिविरमा सहभागिताको लागि सम्पुर्ण जिल्लाबासीलाई आह्वान समेत गरेकि छिन ।

प्रतिकृया