• २० असोज २०८३, मंगलबार
  • ७ः०१ बिहान

आफुविरुद्ध मुद्दा दर्ता भएपछि कंगनाको बोल्ड तस्बिर

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०५:३९

एजेन्सी,

National Life

९ मंसिर २०७८, काठमाडौं :  बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिन डराउदिनन् । हालै कंगनाले सिख समुदाय विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि उनीविरुद्ध एफआईआर दर्ता भएको हो । किसान आन्दोलनलाई खलिस्तान आन्दोलनको रूपमा चित्रण गरेको र सामाजिक सञ्जालमा उनीहरुलाई ’खलिस्तानी’ भनेका कारण कंगनाविरुद्ध मुम्बईमा एफआईआर दर्ता गरिएको हो ।


महाराष्ट्रका दिलीप वाल्से पाटिलले कंगनामाथि आपत्तिजनक बयान दिएको विषयमा एफआईआर दर्ता गर्न आदेश दिएका थिए । त्यसपछि मुम्बईको खार पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको थियो। अघिल्लो दिन पनि सिख समुदायले खारस्थित कंगनाको घर बाहिर विरोध प्रदर्शन गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आफुविरुद्ध एफआईआर दर्ता भएपछि कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो बोल्ड तस्विर सेयर गरेकी छिन्, जसमा उनलाई हातमा वाइनको गिलास लिएर हट स्टाइलमा देख्न सकिन्छ ।


तस्बिरसँगै उनले क्याप्शन लेखेकी छिन्, ‘एक दिन, एक एफआईआर, यदि तिनीहरू मलाई पक्राउ गर्न आए भने ‘ घरमा मुड“।
कंगनाको यो क्याप्सनले लापरवाही देखाउने प्रयास गरेकी छिन् र आफू यस्ता कुराबाट नडराउने बताउँदै आएकी छिन् ।

प्रतिकृया