• २० असोज २०८३, मंगलबार
  • ३ः१९ दिउँसो

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू गर्ने निर्णय

प्रकाशित मिति

२०७८ मंसिर ९ गते, बिहीबार ०४:०१

९ मंसिर २०७८, काठमाडौं : सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

National Life

सर्वोच्च अदालतका न्यायाधीशहरुको बिहीबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको छ ।


यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया