• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

कोभिडबाट ज्यान गुमाएकाको परिवारलाई सीआईटीले दियो एक करोड ६८ लाख

प्रकाशित मिति

२०७८ मंसिर ८ गते, बुधबार १२:४४

८ मंसिर २०७८, काठमाडौं: नागरिक लगानी कोषले कोरोना ९कोभिड–१९० महामारीमा ज्यान गुमाएकाको परिवारलाई हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारीमा ज्यान गुमाएकाको परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराइएको कोषले जानकारी दिएको छ ।

National Life

कोषले २०७८ साउन ५ सम्म कोभिडबाट ज्यान गुमाएकाको परिवारलाई रकम उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचतवृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको कोषले जनाएको छ ।

प्रतिकृया