• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०१:४५

६ मंसिर २०७८, काठमाडौं मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट घर भएका वासु बस्नेत (२२) को मृत्यु भएको छ ।

National Life

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जानाकारी दिएको छ ।


बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् । शव परीक्षणका लागि मेलम्ची ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया