• १९ असोज २०८३, सोमबार
  • ३ः१३ दिउँसो

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजबाट हुँदै

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार १०:४२

६ मंसिर २०७८, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ

National Life

महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् ।


उक्त पार्टीको यही मङ्सिर १५ देखि१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीका अनुसार, पार्टीले तीन खस आर्य (अन्य), तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसङ्ख्यक, मुस्लिम, थारुलगायत गरी नौ जना निर्वाचित गर्नेछ ।

प्रतिकृया