• २१ असोज २०८३, बुधबार
  • १२ः१० राती

आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०५:१५

५ मंसिर २०७८, काठमाडौं : नेप्सेमा आज ११ अंकको गिरावट आएता पनि केही कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । आइतबार धेरै कारोबार हुनेमा महालक्ष्मी बिकास बैंक, नेपाल टेलिकम र हाइड्रोपावर रहेका छन् ।

National Life

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । यस बैंकको आज ५० करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको २३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २२ करोड ६२ लाख, हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २१ करोड ५० लाख, अपर तामाकोशीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया