• २० असोज २०८३, मंगलबार
  • ११ः३५ राती

नेप्सेमा आज भारी अंकको गिरावट, ४ अर्बको कारोबार

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार ०५:०२

५ मंसिर २०७८, काठमाडौं : शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ । नेप्से आज ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा थामिएको हो । सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ७५ अंकले घटेर ५१८ दशमलव २५ विन्दुमा रोकिएको हो ।

National Life

नेप्सेको अनुसार आज २२५ कम्पनीको ५४ हजार ६६४ पटक शेयर कारोबार भएर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता किनबेच भएको हो । आज हाइड्रोपावर र म्यानुफ्याक्चर एण्ड प्रोडक्ट समुहको सुचक बाहेक सबै सुचक राताम्मै छन् ।

प्रतिकृया