• ४ भदौ २०८३, शुक्रबार
  • ७:१६ बिहान

नियन्त्रित लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०१:०६

वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय रवि घिसिङ र हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३१ वर्षीय शुशिल कुमार लामालाई नियन्त्रित लागूऔषध कोरेक्स २६ थान र सरप २ प्याकेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.५० प ३३९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया