• २० असोज २०८३, मंगलबार
  • ९ः२४ राती

मुलुकभरीको मौसममा सुधार

प्रकाशित मिति

२०७८ मंसिर ५ गते, आईतवार १०:५४

५ मंसिर २०७८, काठमाडौं : एक साता अघिबाट बिग्रिएको मौसम विस्तारै सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने अनुमान गरिएको छ ।

National Life

आइतबार बिहानै काठमाडौं उपत्यकामा तुवाँलो लागेपनि मध्यान्हबाट वातावरण सफा हुने बताइएको छ।त्यस्तै, आज मुलुकका सबैजसो स्थानहरुमा घाम लाग्नेछ। प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुनेछ भने समग्र मुलुकभरी भने मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रतिकृया