• २१ असोज २०८३, बुधबार
  • ५ः३१ बिहान

एनआरएनए निर्वाचन डिसेम्बर १५ मा हुने

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ०१:५१

४ मंसिर २०७८, काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो ।

National Life

यद्यपी, असन्तुष्ट पक्षको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी कुल आचार्यले एकतर्फी निर्वाचन मिति घोषणा गरिएको भन्दै विरोध जनाएका छन् ।


अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तिमा संघले प्रस्तुत गरेको मार्गचित्रमा परराष्ट्र मन्त्री डा। नारायण खड्काले दिएको सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा निर्वाचन मिति तोकिएको उल्लेख छ । महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइने विज्ञप्तिमा जनाइएके छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन प्रतिनिधि विवादकै कारणले गत अक्टोबरमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित भएको थियो । प्रतिनिधि विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले संघलाई निर्वाचन रोक्न भन्दै पत्राचार गरेको थियो ।


संघका अध्यक्ष पन्तले परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएको बताएका छन् । ‘केही समय अगाडि म समेत संलग्न भएको वार्तामा परराष्ट्र मन्त्री डा। नारायण खड्कासँग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको थियो,’ विज्ञप्तिमा लेखिएको छ, ‘संघले प्रस्तुत गरेको मार्गचित्रमा माननीय मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।’


महाधिवेशन स्थगित भएपछि पन्त नेतृत्वले आफ्नो कार्यकाल ६ महिना थप गर्दै नोभेम्बर ३० भित्रै निर्वाचन गर्ने बताएको थियो ।

प्रतिकृया