• २१ असोज २०८३, बुधबार
  • ५ः४० बिहान

पाकिस्तानः बलात्कारीलाई केमिकल पदार्थको सुई दिएर आजीवन नपुंसक बनाईने

प्रकाशित मिति

२०७८ मंसिर ४ गते, शनिबार ०१:२१

४ मंसिर २०७८, काठमाडौं : पाकिस्तानले बलात्कारीलाई केमिकल पदार्थको सुई दिएर सदाका लागि नपुंसक बनाउने सजायसहितको कानुन पास गरेको छ। रोयटर्सका अनुसार पाकिस्तानमा बुधबार संसदबाट पास भएको कानुनअनुसार बलात्कारीलाई अब रसायनिक बन्ध्याकरण गरिनेछ।

National Life

‘केमिकल क्यास्ट्रासन’ गरेर बलात्कार गरेको पुष्टि भएका व्यक्तिलाई ‘आजीवन शारीरिक सम्बन्ध राख्न नसक्ने’ गरी अदालतले औषधी प्रयोग गर्न आदेश दिन सक्ने रोयटर्सले उल्लेख गरेको छ। अदालतको आदेशअनुसार तोकिएको मेडिकलले औषधी सिफारिस गर्नेछ।


गत वर्ष प्रधानमन्त्री इमरान खानले बलात्कारीविरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए। सोहीअनुरुप उनले ल्याएको विधेयकलाई संसदले पास गरेको जनाईएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

(एजेन्सीको सहयोगबाट)

प्रतिकृया