बुद्धपार्कको शौचालय जहाँ चिया र खाजा खान सकिन्छ
प्रकाशित मिति
२०७८ मंसिर ३ गते, शुक्रबार ०३:५३
३ मंसिर २०७८, काठमाडौं : स्वयम्भूको बुद्धपार्कमा रहेको शौचालय अन्य सार्वजनिक सौचालयभन्दा प्रबिधि, सुबिधा र सरसफाइको दृष्टिकोणले फरक छ । सार्वजनिक सौचालय भन्नसाथ नाक थुनेर सौच गर्नुपर्ने चित्र जो कोहिको दिमागमा आउन सक्छ, तर यस सौचालय एक नमुना सौचालय बनेको छ जहाँ मानिस निर्धक्क भएर चिया पिउन र खाजा खान सक्छन् ।
यहाँ शौच गरेबापत् अन्य सार्वजननिक सौचालयमा जसरी प्रयोगकर्ताले पैसा तिर्नुपर्दैन् । शौच गरेपछि प्रयोगकर्ताहरुले १५ रुपैयाँ दिन्छन् र त्यो रकम बराबरको कालो चिया पिउँछन् ।
नमुना सौचालयका बिशेष्ता
स्वचालित प्रबिधिमा आधारित यो नमुना शौचालयबाट उत्पादन भएको कुनै पनि फोहोर बाहिर जाँदैन । नुहाउन तातो र चिसो पानी आउने सावर, फोहरपानी प्रशोधन पुनः प्रयोग गर्ने प्रणाली, बायो ग्याँस प्रविधिबाट दिशाजन्य लेदो व्यवस्थापन यसका विशेषता हुन् । शौचालयबाट उत्पादन भएको कम्पोष्ट मल त्यहीँको बगैंचामा प्रयोग हुन्छ ।
एरोसान नेपालले ५५ लाख लागतमा निर्माण गरेको यो अत्याधुनिक शौचालयमा आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट्याङ्की समेत राखिएको छ ।
यस शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री छ । उक्त शौचालयमा पर्यटक र अपाङ्गता भएका व्यक्तिलाई छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । त्यस्तै, स्वचालित भेन्टिलेसन, स्वचालित फ्लस प्यान समेत ब्यवस्था गरएिके छ।








प्रतिकृया