• ६ असोज २०८३, मंगलबार
  • ५ः०८ बेलुका

सातै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०२:४६

३ मंसिर, २०७८ काठमाडौँ :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले सात वटै प्रदेशमा सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना गरिने बताएका छन् । मन्त्री श्रेष्ठले कार्यविधि, कानून निर्माण लगायतका कुरामा छलफल गरी छिट्टै स्थापना हुने बताएका हुन् ।

National Life

शुक्रबार बैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । त्यस्तै श्रम स्वीकृतिका लागि पनि सात वटै प्रदेशबाट सेवा विस्तार गरिने बताएका छन् ।


‘छिट्टै ७ वटै प्रदेशबाट श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको सेवा दिइनेछ’ कार्यक्रममा उनले भने, ‘यी काम गर्न केन्द्रमा भौतारिएर आउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि गत शुक्रबार निरीक्षणका क्रममा वैदेशिक रोजगारको कार्यालय ताहचल पुगेका थिए । सेवाग्राहीको भीडमा उनले प्रत्यक्ष समस्या सुनेका थिए । त्यससँगै सेवाका लागि घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता हटाएर छिटो छरितो तरिकाले सेवा दिने कार्यालय बनाउने उनले प्रतिवद्धता गरेका छन् ।

प्रतिकृया