• २० असोज २०८३, मंगलबार
  • १०ः२९ राती

सर्वोच्चको समस्यामा प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : माधव नेपाल

प्रकाशित मिति

२०७८ मंसिर २ गते, बिहीबार ०१:००

२ मंसिर, २०७८ काठमाडौँ : धनगढीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् ।

National Life

बिहीबार धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत भएको बताए ।


‘हाम्रो पाँच दलको बैठक बस्यो । बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटो भन्दा छिटो समाधान हुनुपर्दछ, सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ नेपालले भने, ‘यसका निम्ति प्रधानमन्त्रीज्यूले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले पहल गर्नुहुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

पार्टी कार्यालय उद्घाटनका क्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिमबाट फहराएको एकीकृत समाजवादीको झण्डा मेचीसम्म पुग्ने बताए । आफूले स्थापना गरेको नेकपा एमालेको पहिलो पार्टी कार्यालय पनि कञ्चनपुरमा स्थापना गरिएको स्मरण गर्दै नेपालले समाजवादीको कार्यालय स्थापनाको क्रम समेत सुदूरपश्चिमबाटै भएको जनाए ।


उनले अहिले प्रदेश पार्टी कार्यालय भाडाको घरमा सञ्चालन भइरहेकोमा चाडै आफ्नै जग्गा खरिद गरेर भवन निर्माण हुनेमा विश्वस्त रहेको पनि बताए । बुधबार सुदूरपश्चिम पुगेका नेपाल एकीकृत समाजवादी पार्टीले बिहीबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रतिकृया