‘पापड’मा आबद्ध संघको बैठक ५ बजेलाई बोलाइयो
प्रकाशित मिति
२०७८ मंसिर २ गते, बिहीबार ०३:३७
फाइल तस्वीर
२ मंसिर, २०७८ काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ । जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार साँझ ५ बजे महासंघको कार्यालयमा पापडको बैठक डाकिएको छ । सो बैठकले बारले जारी राखेको आन्दोलनका विषयमा निर्णय गरेर अघि बढ्नेछ ।
पापडमा नेपाल बार, पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल चिकित्सक संघ आवद्ध छन् । यी सबै संगठनले यसअघि सर्वोच्चमा भइरहेको आन्दोलनका विषयमा चासो राख्दै विज्ञप्ति जारी गरिसकेका छन् ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया