• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ मंसिर १ गते, बुधबार ०४:५९

१ मंसिर, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

National Life

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ भने यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ हाल देशभर सक्रिय संक्रमित ७ हजार ६३६ जना रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया