• २० असोज २०८३, मंगलबार
  • ११ः१७ राती

‘माथि रारा, तल कर्णाली, जलेको गमगढी बजार निभाउन पानी भएन’-जलेको गमगढी बजारका उराठ लाग्दा (तस्बिरहरु)

प्रकाशित मिति

२०७८ कार्तिक ३० गते, मंगलवार ०१:००

३० कार्तिक, २०७८ काठमाडौँ :  मुगुको गमगढी बजारमा सोमबार राति लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । पानीको अभावले आगो धेरै घरमा फैलिएको र नियन्त्रणमा लिन कठिन भएको स्थानीय बासिन्दा तथा उद्धारमा खटिएका रोशन जंग शाहीले बताएका छन् ।

National Life

अहिले पनि जलेका घरबाट धुवाँ निस्किरहेको छ । राति १२ बजेतिर सुरुभएको आगलागीबाट राराछायानाथ नगरपालिका–१ को तल्लो गमगढी बजारका कम्तीमा २० घरमा पूर्ण क्षति भएको छ । अर्को एउटा घर आगो नफैलियोस् भन्नका लागि भत्काइएको छ ।


‘मानवीय क्षति भएको छैन, तर २० घर सखाप भए’, शाहीले भने, ‘पानी थोपो नहुँदा ठूलो क्षति भयो । माटो–ढुंगाको भरमा आगो निभाउने प्रयास भएको हो ।’ स्थानीय एक घरमा पूजा कोठामा बालिएको दियोबाट आगो फैलिएको अनुमान छ । क्षतिको पूर्ण विवरण आउन समय लाग्ने बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop



प्रतिकृया