• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

ट्वीटर ट्रेन्डिङमा ‘ह्यास्ट्याग वेक अफ क्यान’, क्रिकेट समर्थकले मागे क्यान पदाधिकारीको राजीनामा

प्रकाशित मिति

२०७८ कार्तिक २९ गते, सोमबार ०१:४४

२९ कार्तिक, २०७८ काठमाडौँ : सामाजिक सञ्जाल ट्वीटरमा बिगत तिन दिन यता ‘ह्यास्ट्याग वेक अफ क्यान’ (#WakeupCAN )  ट्रेन्डिङमा रहेको छ । ट्वीटर प्रयोगकर्ता नेपाली क्रिकेट समर्थकहरुले यो अभियान चलाएका हुन् ।

National Life

विश्वकप छनोट प्रतियोगिताको तयारीको लागि खेलाडीहरुलाई क्यानले अझै नबोलाएको हुँदा यो अभियान चलाएको क्रिकेट समर्थकहरुले बताएका छन् ।


सन् २०२२ मा अष्ट्रेलियामा हुने विश्वकपमा पुग्न विश्वकप छनोट प्रतियोगिता आउन केहिँ महिना मात्र बाँकी रहेको छ । आगामि फागुन र वैशाखमा यस प्रतियोगिता हुँदैछ । अन्य देशका खेलाडीहरु तयारीमा जुटिसकेको तर, क्यानले यस विषयमा अहिलेसम्म कुनै चासो देखाएको छैन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस विषयमा नेपाली क्रिकेट समर्थकहरुले नेपाल क्रिकेट संघ क्यानमा हुने राजनीतिनै यसको कारक भएको भन्दै आक्रोश पोखेका छन् ।

आइसिसिको टि–२० वतियतामा नेपालभन्दा तल रहेका स्कटल्यान्ड र नामिबियाले विश्वकपमा सहभागिता जनाइसकेको साथै, अन्य देशहरुले पनि सन् २०२२ को विश्वकपको लागि तयारी थालिसकेकोले विश्वकप छनोटमा नेपाललाई ति देशसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भन्दै एक समर्थकले तत्काल तयारी थाल्न म्यानलाई आग्रह गरेका छन् ।


यस्तै, क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाली काँग्रेसको महाधिवेशनमा बैतडी जिल्ला सभापतिमा उमेद्वारी दिएको विषयलाई पनि नेपाली क्रिकेट समर्थकहरुले आलोचनाको विषय बनाएका छन् । उनीहरुले नेपाली क्रिकेटको भविष्यलाई उज्यालो बनाउने मान्छे आफ्नै भविष्य बनाउन तिर लागेको भन्दै उनीबाट केही आशा नभएको उल्लेख गरेका छन् ।


साथै, उनीहरुले खेलमा राजनीतिकरण गर्ने क्यानका पदाधिकारीको राजीनामा समेत मागेका छन् ।

प्रतिकृया