फेरि कोरोनाको इपीसेन्टर बन्दै युरोप, संक्रमण ५५ प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार १०:०१
फाइल फोटो
२२ कार्तिक, २०७८ काठमाडौँ : युरोपमा पछिल्लो १ महिनामा कोरोना संक्रमण ५५ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । युरोप फेरि कोरोनाको इपिसेन्टर बनेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरिरहेको छ । युरोपका अलवा अमेरिका, चीन लगायतका देशमा पनि संक्रमण बढिरहेको छ । युरोप र मध्य एसियाका गरी ५३ देशको संक्रमणदर चिन्ताको विषय बनिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा पछिल्लो ४ हप्तामा संक्रमण ५५ प्रतिशतले बढेको छ । पछिल्लो १ सातामा मात्रै युरोपभर १८ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यो एक सातामा युरोपमा कोभिड–१९ बाट मृत्यु हुने केस २४ हजार भन्दा धेरै छ । एकसतामा विश्वभर थपिएका संक्रपमत मध्ये ५९ प्रतिशत युरोपमा रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
युरोपका इटाली, जर्मनी, फ्रान्स, पोर्चुगल, ग्रीस लगायतका मुलुकमा तीब्र गतिमा संक्रमण फैलिएको छ । यी देशहरुमा धेरै संख्यामा कोभिड–१९ विरुद्धको खोप लगाइसकिएको छ । तर पनि संक्रमण अस्वभाविक रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरिरहेको छ ।
एक वर्षपछि युरोप पुन कोभिड–१९ को इपिसेन्टरका रुपमा देखिएकोले यो निकै चिन्ताको विषय भएको विश्व स्वास्थ्य संगठनका डाक्टर हान क्लुज बताउनुहुन्छ ।








प्रतिकृया