• १९ असोज २०८३, सोमबार
  • ५ः५० बेलुका

घरमा सुतिरहेको महिला जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०५:१८

२१ कार्तिक, २०७८ काठमाडौँ : तेह्रथुममा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका-६ बस्ने खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

National Life

दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया