पोखराका विभिन्न स्थानमा भेटिएका बम सेना द्धारा डिस्पोज
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार ०८:२८
पोखरा, पोखराका विभिन्न स्थानमा बम भेटिएको छ । पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेको हो । बमलाई नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरीरहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीले प्रसेरकुकर बम भेटिएको ठाउँलाई सुरक्षा दिएर राखेको छ । त्यसै गरि पोखरा महानगरपाकिला लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ ।
त्यस्तै पोखरा ९ नयाँवजारमा पनि शंकास्पद बस्तु भेटिएको छ । सडक छेउमा कालो व्याग राखिएको छ । त्यसै गरी पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । विप्लव माओवादीले कार्यकर्ताको हत्या भएको भन्दै आज नेपाल बन्दको आवाहन गरेको छ ।
नेपाल बन्दका कारण सार्वजनीक बस सञ्चालनमा नआए पनि नीजि सवारी साधन भने संचालनमा आएका छन् । स्कुल केलज, पसल र कलकारखना सवै बन्द छन् ।
यस्तै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा विहानैदेखि देखिएको छ। बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित भएको हो। बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।





प्रतिकृया