• १९ असोज २०८३, सोमबार
  • ८ः५० राती

उदयपुरको गढीमा सानिमा बैंकको नयाँ शाखा

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०४:२६

२१ कार्तिक, २०७८ काठमाडौँ सानिमा बैंकले थप नयाँ एक शाखा विस्तार गरेको छ । बैंकले उदयपुरको गढीमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो । गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश–१ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा गरेका छन् ।

National Life

उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले सबल अनि विश्वसनीय बैंकको रुपमा सेवा दिएर निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।


बैंकको प्रदेश–१ का प्रदेश प्रमुख विशाल दाहालले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया