• २० असोज २०८३, मंगलबार
  • ६ः३० बेलुका

जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

प्रकाशित मिति

२०७८ कार्तिक २० गते, शनिबार ०४:४४

२० कात्तिक, २०७८ जनकपुरधाम: कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ ।

National Life

दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी जनकपुरधाम यातायात प्रा.लिका अध्यक्ष मनोज चौधरीले बताए ।


केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका अवसरमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले उक्त बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । अध्यक्ष चौधरीले जनकपुरधामदेखि पटनासम्मको भाडादर अहिलेसम्म तय नभए पनि तत्काल प्रति यात्रु साढे चार सय भारतीय रुपैयाँ लाग्ने बताए । बसमा ३६ वटा सिट छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया