• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

प्रशान्त महासागमा रुसी र चिनियाँ युद्धपोतहरुको संयुक्त अभ्यास

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०४:३१

एजेन्सी,

National Life

७ कार्तिक, २०७८ काठमाडौँ : रुसी र चिनियाँ युद्धपोतहरुले संयुक्त रुपमा आफ्नो अभ्यास गरेको छ । दुई देशबीचको युद्धपोतहरुले प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा संयुक्त अभ्यास गरेको रुसी रक्षा मन्त्रालयले शनिवार जानकारी गराएको हो ।


उनहरुले १७–२३ अक्टोबरसम्म अभ्यास गरेका थिए । रुसी रक्षा मन्त्रालयले जारीको स्टेटमेन्टलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘रुस र चीनले संयुक्त रुपमा प्रशान्त महासागरमा अभ्यास गरेको छ । एसिया र प्रशान्त महासागरमा शान्ति र स्थायित्व कायम गर्न त्यस क्षेत्रमा अभ्यास गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

अभ्यासको क्रममा वारसिपहरु पहिलो पटक सुगार स्ट्रेट क्षेत्रमा समेत पुगेका थिए ।’ रुस र चीनले आफ्नो अत्याधुनिक युद्धपोतलाई लिएर अभ्यास गरेको जनाइएको छ । उनीहरुले संयुक्त रुपमा १७ नौटिकल माइलसम्म अभ्यास गरेको जनाइएको छ । उनहरुले संयुक्त रुपमा सन् २०२१ मा जापानको समुद्रमा अभ्यास गरेका थिए ।–Photo: Agency

प्रतिकृया