• २१ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

दुर्गा प्रसाई एमाले प्रवेश

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०४:३८

७ कार्तिक, २०७८ झापा : व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई पार्टीमा स्वागत गरे। उनी यसअघि माओवादी निकट मानिन्थे। ओली सत्तामा पुगेपछि उनी ओलीसँग नजिकिएका थिए।

National Life

प्रसाई बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालक हुन्। ‌ओली प्रधानमन्त्री हुँदा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने प्रयत्नसमेत गरेका थिए।


तर राष्ट्रिय चिकित्सा शिक्षा आयोगले नमानेपछि बीएण्डसीलाई सम्बन्धन दिन ओली असमर्थ भएका थिए। त्यतिबेला ओलीले आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दबाब दिएपछि चौतर्फ विरोधसमेत भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया