• २१ असोज २०८३, बुधबार
  • ९ः४४ बिहान

‘द्वन्द्वपीडित’ भनेर जारी गरिएको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने

प्रकाशित मिति

२०७८ कार्तिक ७ गते, आईतवार ०४:४५

७ कार्तिक, २०७८ काठमाडौँ :  बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्व पीडितले त्यही परिचय पत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् । आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो ।

National Life

आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डां गंगाधर अधिकारी, सुनिल रंजन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्नेबारे छलफल गर्न मन्त्रालयमा आएका थिए । छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री खाँण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए ।


गृहमन्त्री खाँणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्र दिएका व्यक्तिहरूले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचय पत्र प्रदान गरेका द्वन्द्व पीडितलाई त्यही पास देखाएर सिंहदबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । आग्रह अनुरुप आयोगको परिचय पत्र भएकाहरूलाई सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाँणले निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए। उनले त्यस विषयमा आइतबार नै परिपत्र गरिने बताए ।


आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार तीन सय ७८ जनालाई परिचय पत्र प्रदान गरेको छ । आयोगका प्रवक्ता डां गंगाधर अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीन हजार दुई सय ४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भनेर उजुरी दिएका छन् । त्यसमध्य आयोगले दुई हजार चार सय ९७ उजुरीमाथि विष्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया