• २० असोज २०८३, मंगलबार
  • ९ः५२ राती

मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार १०:४७

६ कार्तिक, २०७८ काठमाडौँ : कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

National Life

परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि रु एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ ।


हालसम्म २८६ लाई रु दुई करोड ८६ लाख भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानून न्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ३ उपनियम (२) बमोजिम रिक्त सदस्य पदमा प्रदेशसभा सदस्य विमला केसी, चन्द्रबहादुर शाही र हिमबहादुर शाहीलाई मनोनीत गरेको छ ।

प्रतिकृया