• २० असोज २०८३, मंगलबार
  • ७ः०२ बेलुका

एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर थापालाई

प्रकाशित मिति

२०७८ कार्तिक ६ गते, शनिबार ०९:५३

६ कार्तिक, २०७८ काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् । पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत छन् ।

National Life

दैलेखबाट प्रदेश सभा सदस्यमा निर्वाचित थापाले गत वैशाख ३ गते एमालेमै हुँदा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि उनीसहित फ्लोर क्रस गरेका चार जनाको सांसद पद गुमेको थियो । थापा हाल सांसद नरहेकाले मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदै छ ।


समाजवादीले यसअघि प्रकाश ज्वालालाई कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको छ । यस्तै प्रदेश सह(इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेरबहादुर केसीले पाएका छन् भने ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया